एकै ईनिङमा १० विकेट लिएर न्युजिल्याण्डका बलर पटेलले टेस्ट क्रिकटमा रचे इतिहास

NAWALPUR TIMES

एकै ईनिङमा १० विकेट लिएर न्युजिल्याण्डका बलर पटेलले टेस्ट क्रिकटमा रचे इतिहास
1638615753704

काठमाडौं – भारत र न्युजिल्याण्डबीच जारी टेस्ट क्रिकेटमा इतिहास रचिएको छ। भारतीय मूलका न्युजिल्याण्डका बलर अजाज पटेल एक इनिङमा एक्लैले १० विकेट लिएर इतिहास रचेका हुन्।

पटेल एक्लैले एक इनिङमा भारतका सबै १० खेलाडीलाई आउट गरेर इतिहास रचे। यससँगै उनले भारतका स्पिनर अनिल कुम्बलेले बनाएको कीर्तिमानको बराबरी गरेका छन्।

एकै ईनिङमा १० विकेट लिएर न्युजिल्याण्डका बलर पटेलले टेस्ट क्रिकटमा रचे इतिहास 1
 

एकै ईनिङमा १० विकेट लिएर न्युजिल्याण्डका बलर पटेलले टेस्ट क्रिकटमा रचे इतिहास 2

एक इनिङमा सबै १० विकेट लिने पटेल विश्वका तेस्रो बलर बनेका छन्। यसअघि इंग्ल्याण्डका जिम लेकर र भारतका कुम्बलेले टेस्ट क्रिकेटको एक इनिङमा १० विकेट लिएका छन्।

इंग्ल्याण्डका लेकरले १९५६ मा अस्ट्रेलियाविरूद्ध एक इनिङमा १० विकेट लिएका थिए। उनले ५१.२ ओभरमा २३ मेडेन र ५३ रन दिएर १० विकेट लिन सफल भएका थिए।

भारतका कुम्बलेले दिल्लीमा पाकिस्तानविरूद्ध १० विकेट लिएका थिए। त्यतिबेला उनले २६.३ ओभरमा ७४ रन दिएर १० विकेट लिन सफल भएका थिए।

२०२१ मा पटेलले फेरि एकपटक टेस्ट क्रिकेटमा इतिहास रचेका छन्।

पटेल ८ वर्षको छँदा परिवारका साथ मुम्बईबाट न्युजिल्याण्ड गएका थिए। त्यहाँका स्थायी वासिन्दा भइसकेका पटेल न्युजिल्याण्डका लागि क्रिकेट खेलिरहेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology