एकैदिन ५,२२५ संक्रमणमुक्त

NAWALPUR TIMES

एकैदिन ५,२२५ संक्रमणमुक्त
1620735703202

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार २२५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख १२ हजार १९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

नेपालमा थप नौ हजार ४८३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ वटा स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार ४८३ को नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology