एकदिवसीय सिरिजको उपाधि भारतलाई

NAWALPUR TIMES

एकदिवसीय सिरिजको उपाधि भारतलाई
1616987034775

काठमाडौं, १६ चैत । तीन खेलको एकदिवसीय सिरिजको उपाधि भारतले जितेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले इङ्गल्यान्डलाई सात रनले हराउँदै उपाधि जितेको हो ।

यससँगै उसले तीनवटै घरेलु सिरिज (टेस्ट, टी२० र एकदिवसीय)को उपाधि आफैले राखेको छ । पहिलो एकदिवसीय खेलमा ३६ रनको जित निकालेको इन्डियाले दोस्रो खेलमा ६६ रनको हार बेहोरेको थियो । तर, तेस्रो खेलमा जित निकाल्दै उसले २–१ को नतिजाका साथ उपाधि जित्यो ।

तेस्रो तथा अन्तिम खेलमा इन्डियाका लागि ऋषभ पन्तले सर्वाधिक ७८ रन गरे। त्यस्तै शिखर धवनाले ६७ रन बनाउँदा हार्दिक पाड्याले ६४ रन बनाए। तीन खेलाडीको अर्धशतकीय सहयोगमा ३२९ रन बनाएको इन्डिया ४८ ओभर दुई बलमा अल आउट भएको थियो।

टस जितेर बलिङ गरेको इङ्गल्यान्डका मार्क वुडले सर्वाधिक तीन विकेट लिए भने आदिल रशिदले दुई विकेट गिराए। एक विकेट लिनेमा साम कुरन, रिस टोप्ले, बेन स्टोक्स, मोइन अली र लियम लिविङस्टोन रहे।

जवाफी ब्याटिङमा साक कुरन अवितिज रहे पनि पाँच रन अभावमा सतक बनाउन सकेनन्। ठ्याक्कै अर्धसतक बनाएका डेबिड मलनलाई ऋर्दुल ठाकुरले आउट गराए।

३३० रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डका लिविङस्टोनले ३६ र स्टोक्सले ३५ रन बनाए। यससँगै पुरा ओभर खेलेको इङ्गल्यान्डले ३२२ रनमात्र जोड्न सकेपछि इन्डियाले सात रनको जित निकालेको हो।

यअसघि सम्पन्न पाँच खेलको टी–२० सिरिजमा पनि इन्डियाले जित निकालेको थियो भने चेन्नई र अहमदाबमा भएको टेस्ट सिरिजमा पनि इङ्गल्यान्ड पराजित भएको थियो।

पाँच खेलको टी२० सिरिज इन्डियाले ३–२ ले जितेको थियो भने टेस्ट सिरिज ३–१ ले जितेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology