उपाधिका लागि नेपाल र जोर्डन भिड्दै

NAWALPUR TIMES

उपाधिका लागि नेपाल र जोर्डन भिड्दै
FB IMG 1709174779125

कावासोती । आज वाफ च्याम्पियनसिप फुटबलको फाइनल हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।

नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। यो खेलमा दुवै टोली अपराजित छन्।

डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।

तर यो खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले खेल्ने छैनन्। उनी फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएकोले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन्। नेपाल फुटबल संघ एन्फाले सावित्राले आजको खेल गुमाउने जनाएको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology