उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार तथा पुनर्गठन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

NAWALPUR TIMES

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार तथा पुनर्गठन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ
1678446513285 1

कावासोती(रासस) । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताउनुभएको छ ।

शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा भएका दल सहभागी गराएर सरकार विस्तार तथा पुनर्गठन हुने बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले बुटवल–नारायणगढ सडक विस्तारको कामलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । बुटवल–नारायणगढ सडक विस्तारको निर्माण कार्यलाई कम्पनीले तीव्रता नदिने हो भने तोड्नुको विकल्प नरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । “पटकपटक ताकेता, अनुगमन गरेर निर्देशन गरेका छौँ, काम गर्ने गति नबढाउने हो भने सरकार ठेक्का तोडन बाध्य हुन्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology