उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

NAWALPUR TIMES

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित
Udhyog banijya sang chitwan

कावासोती । चितवनका व्यवसायी तथा उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।

संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए ।

चितवनका व्यवसायी तथा उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।

संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए ।

महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए ।

वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए ।

वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए ।अधिवेशनमा अधिकांश उम्मेदवार संस्थापन पक्षका विजयी भएका छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology