उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको जिल्ला नगर तर्फको उपाध्यक्षमा पौडेलको उम्मेदवारी

NAWALPUR TIMES

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको  जिल्ला नगर तर्फको उपाध्यक्षमा पौडेलको उम्मेदवारी
om 1068x1043 1

सागर पोख्रेल/कावासोती
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न सगै अहिले प्रदेश निर्वाचनको चहल पहल बढ्न थालेको छ । उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशको यही पौष ११ र १२ गते पोखरामा दोस्रो अधिवेशन तय गरीएको छ ।
उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशको मिति नजिकिए सगै प्रदेशमा उम्ममेदवारी  घोषणा गर्ने क्रम बढेको छ । उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशमा कान्छो जिल्लाको रुपमा रहेको नवलपुर जिल्लाको सदरमुकाममा रहेको नवलपुर उद्योग बाणिज्य संघले जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी  घोषणा गरेको छ ।

नवलपुर उद्योग बाणिज्य संघले संस्थाका निवर्तमान अध्यक्ष ओम प्रसाद पौडेलललाई उद्योग वाणिज्य महांसघ गण्डकी प्रदेशको जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा सर्व सम्मत उठाउने निर्णय गरेको संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिनुभयो ।

देशकै कान्छो जिल्लाको रुपमा नवलपुर जिल्ला चिनिएपनि उद्योग , कलकाखानाको हिसावले गण्डकी प्रदेशकै जेठो जिल्ला भएको , गण्डकी प्रदेशको भारत सग सिमाना जोडीएको , भारत सग भन्सार कार्यालय जोडीएको जिल्ला भएकाले उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशमा नवलपुर जिल्लाबाट प्रतिनिधित्व गराउनुपर्ने जिल्लाका उद्योगी व्यापारीको माग समेत रहेकाले नवलपुर उद्योग बाणिज्य संघ नवलपुरको कार्यसमितिको बैठकले सर्व सम्मत रुपमा संस्थाका नि वर्तमान अध्यक्ष ओम प्रसाद पौडेललाई उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशमा उपाध्यक्ष पदमा उठाउने सर्व सम्मत निर्णय गरेको पोख्रेलले बताउनुभयो ।

अध्यक्ष पोख्रेलले समग्र गण्डकी प्रदेशले नवलपुरलाई हेर्ने दृष्टीकोण सकरात्मक भएकाले गर्दा समेत पौडेलको विजयी सुनिश्चित रहेको बताउनु भयो । नवलपुर जिल्लाकै देवचुली उद्योग बाणिज्य संधका अध्यक्ष रेशम सापकोटाले ओम प्रसाद पौडेल नवलपुर उद्योग बाणिज्य संघको मात्र नभई सिङ्गो जिल्लाकै उमेद्वार रहेको बताउनुभयो । संस्थागत रुपमा जिल्ला विभाजन नहुदै देखी जिल्ला उद्योग वाणिज्य संघ नवलपरासीको नवलपुर क्षेत्रको संयोजक समेत रही काम गरेको अनुभव समेत संगालेका उपाध्यक्ष पदका उमेद्वार पौडेलले समग्र गण्डकी प्रदेशलाई नै मिलायर लैजान सक्ने खुबि भएकाले समेत पौडेलको विजयी हुने बताउनु भयो ।

पौडेलको प्रदेश उपाध्यक्षको उम्द्वारी आफ्नो पनि उमेद्वारी रहेको मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुलीले बताउनु भयो । मध्यविन्दु उद्योग बाणिज्य संघका सल्लाहाकार समेत रहेकाले पौडेलको उमेद्वारी नवलपुर जिल्लाको कुनै एक उद्योग बाणिज्य संघको मात्र नभई समग्र नवलपुर क्षेत्रका उद्योगी, व्यापारीको उम्मेद्वार रहेको बताउनुभयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology