उद्धारका निम्ति जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका

NAWALPUR TIMES

उद्धारका निम्ति  जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका
received 269965440790043

नवलपुर । पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले जिल्ला तथा देश बाहिर रहेका हुप्सेकोटका स्थानियको तथ्यांक संकलन अगाडी बढाएको छ । कोरोना भाईरस (कोभिड 19) को महामारी बढ्दै जादा काम बिशेषले जिल्ला तथा देश बाहिर रहेका गाउँपालिकाको स्थायी नागरिकको अवस्था र समस्या बुझ्न तथ्यांक संकलन गर्न लागिएको बताईएको छ ।

उद्धारका निम्ति जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका 4

अध्यन,रोजगारी,ब्यवसाय तथा काम विशेषले जिल्ला तथा देश बाहिर रहेका नागरिकले हुप्सेकोट गाउँपालिकाको वेभसाईटमा गएर आफ्नो पुरा नाम,ठेगाना,हाल रहेको देश/जिल्ला,गाउँमा रहेका परिवारको नाम सम्पर्क नम्बर,बाहिर रहनुको कारण विशेष ,हाल सम्म RDt,PCR परिक्षण गरे नगरेको,तत्काल गाउँपालिका(घर) फर्कन चाहेको ,नचाहेको लगायतका जानकारी राखेर फारम भर्न सक्नेछन ।

उद्धारका निम्ति जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका 5

महामारीको समयमा आफ्ना नागरिक समस्यामा परे नपरेको र घर फर्कन चाहे नचाहेको बास्तबिक अवस्था बुझ्न तथ्यांक संकलन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले जानकारी दिए ।

उद्धारका निम्ति जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका 6

“यो फारमले कुन देशमा आफ्ना कति नागरिक छन र महामारीमा उनिहरुको अवस्था कस्तो छ भन्ने तथ्यांक निकाल्न सजिलो हुन्छ” गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे भन्छिन ” महामारीले रोजगारी खोसिएका दाजुभाईलाई रोजगारी सृजनाको योजना बनाउन पनि तथ्यांकले सहयोग गर्नेछ ” । उक्त फारम यो लिंकबाट भर्न सक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSf6QjDsj5XCe6dBIvwTQl7OpdHItT5zFKf4fNSMHHhh_8bcJw/viewform

हुप्सेकोट गाउँपालिकामा अहिले भारतबाट फर्किएका ५१ जना क्वारेन्टाइनमा बसिरहेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology