ईजाजत प्राप्त हातहतियार कार्तिक ५ गते भित्र बुझाउन नवलपुर प्रशासनको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १७ गते ९:१३
ईजाजत प्राप्त हातहतियार कार्तिक ५ गते भित्र बुझाउन नवलपुर प्रशासनको आग्रह
DAO nawalpur 1 768x363 1

कावासोती । इजाजतपत्र लिएर वैधानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई प्रशासन समक्ष हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पुर्वी नवलपरासीले आग्रह गरेको छ ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू कार्तिक ५ गतेभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

प्रशासनले यस्ता हतियार नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी बुझाउन हतियार धनीलाई अनुरोध गरेको छ । साथै बुझाईएको हात हतियार निर्वाचन सम्पन्न भएको फिर्ता गरिने प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण रुपमा सप्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरू तोकिएको मितिमा बुझाउन सूचना जारी गरिएको हो ।

प्रकाशित : २०७९ असोज १७ गते ९:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI