इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन

NAWALPUR TIMES

इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन
1598937011 sMgLT

काठमाडौं। आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ। रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो। इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो। सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन्।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो। घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए।

नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology