इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय नवलपुरको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १३ गते १७:१०
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय नवलपुरको आग्रह
1648380209568

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी सूचनामा गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन आग्रह गरिएको हो । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको सूचनामा जनाइएको छ ।

प्राप्त सूचनामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार निर्वाचन पश्चात फिर्ता हुने उल्लेख छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो ।

 

प्रकाशित : २०७८ चैत १३ गते १७:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI