इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– यो पटक हमासलाई निकै ठुलो धक्का लाग्यो

NAWALPUR TIMES

इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– यो पटक हमासलाई निकै ठुलो धक्का लाग्यो
benjamin J9gXPIvhwu

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई निकै ठूलो धक्का लागेको बताएका छन् । प्रधानमन्त्री नेतन्याहुले गाजामा प्यालेस्टाइनी कट्टरपन्थीहरु विरुद्धको अभियानप्रति आफ्नो सरकारको प्रतिबद्धता समेत दोहोर्याए । मंगलबार एक हवाई अड्डामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले भने, ‘इजरायल आफ्नो नागरिकका लागि शान्ति पुनःस्थापना गर्न आवश्यक पर्दासम्म हवाई हमला गरिरहनेछ ।’

उनले यो पटक हमासलाई निकै ठुलो झड्का लागेको दाबी गरे । उनीहरुले यो अवस्था आउँछ भन्ने नसोचेको बताउँदै नेतन्याहुले हमासहरुलाई धेरै वर्ष पछि धकिलिने गरी झड्का लागेको बताए । गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । त्यसयता भएका दुईतर्फी आक्रमणमा २ सय बढी प्यालेस्टाइनी मारिएका छन् भने इजरायलतर्फ ६ जनाको मृत्यु भएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology