आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दू : सांसद चौधरी

NAWALPUR TIMES

आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दू : सांसद चौधरी
binod chaudhari

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दूको रुपमा रहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गरेका हुन् ।

उनले बजेटले नीजि क्षेत्रलाई बिकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताए । उनले उनले भने, ‘यो पटक अर्थमन्त्रीजीले खास गरीकन नीजि क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दुरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु मलाइ लाग्छ कि यो सुधार तर्फको पहिलो महत्वपूर्ण चरण हो ।’

उनले स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानीय भएको बताए । वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उनको भनाइ छ ।

उनले भने, ‘स्थिरता, उत्पादनशीलता र रोजगारी बृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोग, वैदेशिक लगानी गर्नलाई समेत महिनौँ, वर्षौसम्म ढोका ढोका चाहार्नुपर्ने स्थितिलाई चिर्दै १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था ।’

उनले थपे, ‘रोजगार, स्वरोजगारको नाममा राजनीतिक कार्यकर्तालाई पैसा बाँड्नुको सट्टा प्रदेशलाई जिम्मेवार बनाइकन ती युवाको सपनालाई योजनाको रुप दिने जुन साहस यो बजेटले गरेको छ, त्यो सह्रानीय छ ।’

त्यस्तै उनले प्रविधि केन्द्रीत बजेट भएको पनि बताए । शिक्षा र पूर्वाधारको क्षेत्रमा पनि धेरै कुराहरु समेटिएको भन्दै उनले बजेटको प्रशंसा गरे ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology