आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा बढ्यो ७५ रुपैयाँ

NAWALPUR TIMES

आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा बढ्यो ७५ रुपैयाँ
download 6

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थ अन्तर्गत खाना पकाउने ग्यासको मूल्य एकै पटक ७५ रुपैयाँ बढाइएको छ ।

मूल्य बढेसँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।

यसअघि सरकारले ग्यासमा २५ तथा पेट्रोल, डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ बढाएको थियो ।

मूल्य बढाउँदा समेत घाटामा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिउ बजारमा निरन्तर भाउ बढाए पनि नेपालमा भने त्यो किसिमले भाउ नबढेको उसले बताएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology