आफुमाथी अन्याय भएको क्रिकेट प्रशिक्षक अधिकारीकाे गुनासाे : विना पारिश्रमिक २ वर्ष प्रशिक्षण

NAWALPUR TIMES

आफुमाथी अन्याय भएको क्रिकेट प्रशिक्षक अधिकारीकाे गुनासाे : विना पारिश्रमिक २ वर्ष प्रशिक्षण
1605709790049

चितवन । सन् २०१७ अप्रीलमा राष्टिय खेलकदु परिषदबाट भारतको प्रतिष्ठित प्रशिक्षक उत्पादन तथा खेलकुद केन्द्र (एन आई एस) मा छात्रवृती पाँउदा क्रिकेट प्रशिक्षक तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले आफ्नो जिवनमा र नेपाली क्रिकेटमा ठुलो परिवर्तनको अपेक्षा गर्दै आफ्नो अध्ययनलाई थाती राख्दै पटियाला पुगे ।
पन्जाव पटियालामा एकवर्षे क्रिकेटको कठीन कोर्ष पुरा गरेर नेपाल फर्के लगत्तै राखेपबाट प्रशिक्षकको रुपमा नियुुत्ती पाउने आश्वासन दिइए पनि हालसम्म कुनै नियुक्ती र जिम्मेबारी नदिदा अधिकारी निरास छन । हालै १३ औ दक्षिण एसीयाली खेलकुद प्रतियोगीता नेपालमै हुँदा समेत अधिकारीलाई कुनै जिम्मेबारी नदिइएको कुराले एन आई एस पटिहालामा समेत राखेपको चर्को आलोचना भएको छ।

अधिकारी भारतमा तालिमको क्रममा रहँदा नेपालमै फर्केर राखेपका क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटाको मातहत रहेर प्रशिक्षार्थी प्रशिक्षकको रुपमा काम गर्न पठाएको थियो तथापी राखेपले यस विषयमा कुनै चासो दिएन । भारतबाट तालिम सके लगत्तै नेपाल फर्केर उनले राष्ट्रिय खेलकुद परिषद समक्ष प्रशिक्षार्थी प्रशिक्षकको तालिम प्रतिवेदन बुझाएका थिए । राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव केशव कुमार विष्ट र हालका सदस्य सचिव रमेश सिलवाललाई समेत आफुले हाँसिल गरेर योग्यता सहितको आवश्यक प्रमाणपत्र पेश गरेका थिए ।

हाल उनि चितवन क्रिकेट संघ अन्र्तगत क्याम्पाचौरमा रहेको चितवन क्रिकेट एकेडमीमा सहायक प्रशिक्षकको रुपमा कार्यरत छन । देशलाई चिनाएका चर्चित क्रिकेट खेलाडीहरु सन्दिप लामिछाने, निश्चल पाण्डे, दिपेश श्रेष्ठ, किशोर महतो लगाएतका खेलाडीहरुलाई सोहि क्रिकेट एकेडमीकै उत्पादन हुन ।पूर्व कप्तान तथा प्रशिक्षक राजु खड्का सँग समन्वय तथा सहयोग लिदै खेलाडीहरु प्रशिक्षित गर्नमा आफ्नो दैनिकि वितिरहेको अधिकारीले उज्यालो खबरलाई बताए । चितवन क्रिकेट संघको बोर्ड बैठकले अधिकारीलाई केहि पारिश्रमिक दिने निर्णय गरेको बताइएपनि हाल सम्म पारिश्रमिक वापत कुनै रकम नपाएको उनले बताए ।  अधिकारी जस्ता सम्भावना बोकेका युवा प्रशिक्षकलाई राज्यले उचित प्रयोग गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको विकास तथा विस्तारका लागि योजना बनाउन ढिला भैसकेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology