आन्दोलनरत कर्मचारीलाई नियमित काममा फर्किन मध्यविन्दुका मेयर अधिकारीको निर्देशन
NAWALPUR TIMES प्रकाशित : २०८० असोज २५ गते ७:५१
midpoint 1
कावासोती । दुई सातादेखि आन्दोलनका लागि काठमाडौं गएका कर्मचारीका कारण नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको भन्दै नवलपुरको मध्यबिन्दु नगरपालिकाका मेयरले काममा फर्किन कर्मचारीलाई निर्देशन दिएका छन् ।
मेयर भिमलाल अधिकारीले बुधबार सूचना जारी गर्दै केही दिनदेखि भैरहेको कर्मचारी आन्दोललले चाडबाडको पूर्वसन्ध्यामा नगरपालिकाको अत्यावश्यक काम र सेवा अवरुद्ध भएकाले आन्दोलनलाई रचनात्मक बनाउदै नियमित कार्यालयको काममा फर्किन निर्देशन दिएका हुन् ।
मध्यबिन्दु नगरपालिकासहित देशभरिका स्थानीय तहका कर्मचारी काठमाडौंकेन्द्रित आन्दोलनमा गएका कारण पालिकाहरुको काम कारबाही प्रभावित भएको छ ।
मध्यबिन्दु नगरपालिकामा रहेका कर्मचारीमध्ये १५ जना आन्दोलनमा सहभागी हुन काठमाडौं गएका छन् भने कार्यालयमा दिनदिनै जाने कर्मचारीहरुसमेत काम नगरी चौरमा बस्ने गरेको स्थानीय बताउँछन् ।
Facebook Comment