काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी गरेको छ ।
यही मंसिर २७ गते देशव्यापी रुपमा गर्ने भनेको आन्दोलनका लागि नारा तय गरिसकेको छ । पार्टी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो ।
‘सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिड विरुद्धको अकर्मण्यता मुर्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र मुर्दावाद !’ विज्ञप्ति मार्फत कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत  घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्ने जनाएको छ ।      

											
											प्रकाशित :  २०७७ मंसिर  २६ गते १६:३७
										
										
										
	
										
										  
							 
						
Facebook Comment