आदिबासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन कावासोतीमा

NAWALPUR TIMES

आदिबासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन कावासोतीमा
1641125105262

यामु कुमाल/कावासोती

नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको १० औँ राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा हुने भएको छ । जनजातीय सदस्य संगठनहरुको तयारी बैठकले महाधिवेशन आगामी माघ २७ देखि २९ गते सम्म नवलपुरको कावासोतीमा हुने निर्णय गरेको हो ।

महाधिवेशनका लागि महासंघले २ सय १९ मुल आयोजक समिति गठन गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जत वहादुर बरामले बताउनु भयो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेर वहादुर देउवाले गर्ने महासंघले जनाएको छ । आगामी माघको २७ गतेदेखि हुने महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्य समितिसमेत चयन गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन मात्र नगरी आदिवासी जनजातिका मुद्धाहरुलाई अझै संस्थागत गराउदै मजबुत गराइने महासंघको भनाइ छ ।

गत जेठ १९ र २० गतेका लागि सुर्खेतमा तोकिएको १० औँ महाधिवेशन कोरोना महामारीका कारण स्थगित भएको थियो ।

नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सुचिकृत गरेको छ । महाधिवेशनमा तीमध्ये सबै जातिबाट सहभागि हुने महासंघले जानकारी लिएको छ । आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गराउन भन्दै २०४८ सालमा महासंघको स्थापना गरिएको हो ।

महासंघले पहिचान सहितको अधिकार, मुलुकको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आएको छ । आदिवासी जनजातिलगायत बहिष्कृत–सीमान्तकृत नागरिकहरूको वैयक्तिक र सामुहिक हक, अधिकार र स्वतन्त्रता थप हनन् हुन नदिने प्रण गर्दै यो दशौं महाधिवेशन सफल बनाउनको लागि सबै आदिवासी जनजाति, मधेशी, महिला, दलित, मुस्लिम, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यकलगायत नागरिक, नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, एवम् सम्पूर्ण आम नागरिकहरुलाई सहभागी हुन अपिल गरेको छ ।

आइतबार कावासोतीमा भएको महाधिवेशनको पूर्व तयारी बैठकमा उक्त कुराहरु बताइएको हो । बैठक महासंघका अध्यक्ष जगत बरामको सभाध्यक्ष्तामा बसकेको थियो । बैठकमा आदिवासी जनजाति महासंघ, नवलपुरका पदाधिकारी तथा सल्लाहकारहरू, आदिवासी जनजातीय संगठन (थारू, मगर, गुरूङ, बोटे, कुमाल, तामाङ, नेवार, भुजेल, दराई, माझी) हरूका अध्यक्ष तथा पदाधिकारीहरू, सम्बन्धन संगठन (महिला, युवा, पत्रकार, विद्यार्थी) हरूका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थित रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology