आठ महिनादेखि खुलेन रेलको ‘घुम्टो’

NAWALPUR TIMES

आठ महिनादेखि खुलेन रेलको ‘घुम्टो’
rail railway jana 1 1

काठमाडौँ । भारतबाट ल्याएको ८ महिना बित्न लाग्दा पनि पालले छोपिएका दुईवटा रेल सेटले अझै ‘घुम्टो’ खोल्न पाएका छैनन् ।

कहिले कानुन त कहिले कर्मचारी अभाव देखाएर सञ्चालन रोकिएको बताइए पनि कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै रेल सञ्चालनमा झन् अन्योल थपिएको छ ।

जयनगर–जनकपुर खण्डमा अब कहिले रेल सञ्चालनमा आउने हो, टुंगो नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

केही समयअघिसम्म रेलमा काम गर्ने कर्मचारीलाई तालिम दिने काम भइरहेको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए । ‘१० दिन जति तालिम भएको थियो,’ उनले भने, ‘जनकपुरमा पनि लकडाउन हुने भएपछि तालिम रोकेका छौं ।’ रेलमै काम गर्ने भारतीय प्राविधिक कर्मचारी आएर तालिम दिएका हुन् ।

‘जीवनभन्दा ठूलो केही पनि होइन,’ उनले भने, ‘त्यसैले अहिलेको अवस्थामा रेल चलाउने कुरै भएन ।’ उनका अनुसार कर्मचारी तयार भए पनि कानुनबिना रेल चलाउन सकिन्न । ‘हामीलाई रेल चलाउने ऐन चाहिएको छ,’ उनले भने, ‘अध्यादेश ल्याएर भए पनि रेल चलाउन सकिन्छ, त्यसका लागि गत फागुनमै मन्त्रिपरिषद्मा पठाएका हौं, अहिलेसम्म स्वीकृत हुन सकेको छैन ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology