आज हावाहुरी सहितको वर्षा,सतर्क रहन आग्रह

NAWALPUR TIMES

आज हावाहुरी सहितको वर्षा,सतर्क रहन आग्रह
weather mausam 5BXjLaa0Vf 75Mp5Jlh4g

आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसम प्रभावबारे विवरण सार्वजनिक गरेको छ । हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ । प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भई रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology