आज राति सन् २०२४ को पहिलो उल्का वर्षा

NAWALPUR TIMES

आज राति सन् २०२४ को पहिलो उल्का वर्षा
1702539988 ulka 1200x560 1

कावासोती । आज राति सन् २०२४ को पहिलो ‘भूतप उल्का’ वर्षा हुने भएको छ। भूतप नामक उल्का वर्षा आज राति ११ः३० बजेदेखि भोलि बिहान सूर्योदयभन्दा अगाडि हेर्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।

अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने भन्दै उनले सहरभन्दा गाउँमा अझै सुन्दर देखिने बताए।

अत्यधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ। ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटरभन्दा माथि वायुमण्डलमा देखिने छन्।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिने गरिन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology