काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय भएर आउने जनाएको छ । बुधबार एक बुलेटिन सार्वजनिक गर्दै आज रातिदेखि देशका विभिन्न स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरी पर्ने विभागले जनाएको हो ।
नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक-दुई दिनअगाडि नेपालमा मनसुन सक्रिय रहेको विभागलको जनाएको छ । विभागकाअनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउनेछ र केही दिनसम्म सोही क्षेत्रमा रहनेछ ।
विभागका अनुसार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका विभिन्न ठाउँमा पनि भारी वर्षाको सम्भावना रहेको छ । यसका लागि सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
											
											प्रकाशित :  २०७८ भदौ  ९ गते १६:५२
										
										
										
	
										
										  
							 
						
Facebook Comment