आज पनि मौसम प्रभावित, यी ठाउँमा धेरै पानी पर्ने

NAWALPUR TIMES

आज पनि मौसम प्रभावित, यी ठाउँमा धेरै पानी पर्ने
mausam 1

काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, २ बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

 

आज दिउँसो देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १, २ र बागमतीका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 

ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले  सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

नेपालमा मनसुनको बहिर्गमन सामान्यतया २३ सेप्टेम्बरसम्म रहेपनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै छ। भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र पश्चिम-उत्तर-पश्चिम तर्फ सर्ने क्रममा रहेकोले नेपालको मौसममा असर परेको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology