आज नेदरल्याण्ड्सको सामना गर्दै नेपाल, जित्नैपर्ने दबाब

NAWALPUR TIMES

आज नेदरल्याण्ड्सको सामना गर्दै नेपाल, जित्नैपर्ने दबाब
NepalCricket UgkxhB2nIx

कावासोती । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्ससँग ‍खेल्दै छ। जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२स् ४५ बजे हुने खेल सुरु हुनेछ । सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।

यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। यहि जितका कारण नेपालको सुपर(सिक्स सम्भावना कामयै बनेको थियो।

तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो।

समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर- सिक्स नजिक छन्।

समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology