आज देशभरकाे माैसम सामान्य रहने

NAWALPUR TIMES

आज देशभरकाे माैसम सामान्य रहने
1605748281185

काठमाडाैं। आज देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 

महाशाखाका अनुसार आज दिउँसाे र राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ।

 

आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख पारदर्शीतामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology