आज देखि स्रोह श्राद्ध सकिदै , भोलि देखि बडा दशैं सुरु हुने

NAWALPUR TIMES

आज देखि स्रोह श्राद्ध सकिदै , भोलि देखि बडा दशैं सुरु हुने
sohra shradha 2019 2 1024x576 1

काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ। भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।

सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ। जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ। पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ।

पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ। कुनै कारण सोह्रश्राद्धको अरु तिथिमा श्राद्ध गरिएन भने पनि औँसी तिथिमा गर्न सकिने कर्मकाण्डीय व्यवस्था रहेको छ।

कूर्म पुराणको अनुसार सोह्र श्राद्धको औंसीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कुलका वंसजहरूले श्राद्ध गरे नगरेको हेर्ने गर्दछन्। पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ।

सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन्। जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले औंसी तिथिमा श्राद्ध गर्ने धार्मिक नियम रहेको छ।

श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानीन्छ । यदी घरमा श्राद्ध तर्पणादि कार्य सम्भव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ।

पौराणीक ग्रन्थहरूमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ। पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्षको सुरुवात हुन्छ। दार्गा पक्ष अर्थात् बडादसैं भोली देखी सुरु हुँदै छ । भोलि २१ गते सबैको दसैंघर वा पूजा कोठमा घटस्थापना गरीन्छ। भोलिदेखि नवरात्रको नौ दिनसम्म देवीको नौ अवतारको पुजा आराधना गरी दसौं दिन देवीको टिका प्रसाद ग्रहण गरी कोजाग्रत पूर्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गरिन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology