आज तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

NAWALPUR TIMES

आज तराईमा तापक्रम बढ्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
1601101692 mausam sapha

नवलपुर- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लामा तापक्रम बढ्ने जनाएको छ ।

महाशाखाले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा बस्नेलाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत भनेको छ ।

‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

तराईका जिल्लामाहरुमा पछिल्ला दिन वर्षा कम भइरहेको कारण तापक्रम वृद्धि भइरहेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology