आजबाट आईपीएल हुँदै, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

NAWALPUR TIMES

आजबाट आईपीएल हुँदै, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने
IPL 20200919004714

अबुधाबी : विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो।

 

खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७ ः ४५ बजे सुरु हुनेछ।

यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा सुरु हुन लागेका हो।

आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्न लागेका छन्। उनी दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन्। दिल्लीले उनलाई तिन सिजनका लागि ३२ लाखमा अनुबन्ध गरेको थियो।

विश्वका चर्चित लिगहरू खेलिसकेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर आईपीएलका लागि सीधै युएई पुगेका हुन्। उनी आबद्ध दिल्लीले आइतबार किङ्स इलाभेन पञ्जाबसँग यस सिजनको पहिलो खेल खेल्नेछ।

त्यस्तै दोस्रो खेल शुक्रबार चेन्नईसँग हुनेछ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology