आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

NAWALPUR TIMES

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी
Madee Police

काठमाडाैँ –  आजदेखि देशभरका म्यादी प्रहरी बिदा भएका छन्। ४० दिनका लागि भर्ना भएका म्यादी अवधि सकिएसँगै बिदा भएका हुन्। स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गरिएको थियो।

४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो। केही स्थानमा मतदान र केही स्थानको मतगणना बाँकी रहे पनि अब अन्य सुरक्षाकर्मी मात्रै खटाइने छ।

शुक्रबारदेखि नै उनीहरुलाई बिदा गर्न थालिएको हाे। शनिबार सबै म्यादी प्रहरी बिदा भइसक्ने प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए।

उनका अुनसार नेपाली सेना पनि ब्यारेक फर्किएको छ। उनले भने,’यसबीचमा ५ जना म्यादी प्रहरीको मृत्यु भएको छ।’ ४० दिन काम गर्दा म्यादी प्रहरीले जवानसरह सेवा सुविधा पाएका थिए।

निर्वाचनमा सबैभन्दा बढी म्यादी खटाइएको थियो। चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology