आजको मौसम : सामान्यतया सफा, अपरान्हपछि पहाडी भू–भागमा आंशिक बदली

NAWALPUR TIMES

आजको मौसम : सामान्यतया सफा, अपरान्हपछि पहाडी भू–भागमा आंशिक बदली
1604540367701

काठमाडौं  : देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।हाल प्रदेश न. १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थेरै भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतय सफा रहने छ ।तर अपरान्हपछि पहाडी भू–भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology