आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली

NAWALPUR TIMES

आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली
1604540367701

काठमाडौं  :  अहिले नेपालको मौसममा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणली विकसित भएको छैन ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology