आजको मौसम पूर्वानुमान

NAWALPUR TIMES

आजको मौसम पूर्वानुमान
mausam 1c3a5

जल तथा मौसम विज्ञान विभाग अन्तरगत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

भने, देशको पहाडी भूभागहरुमा आंशिक र सामान्य  बदली भइरहेको छ ।  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ।

यसैगरी, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भूभागका केही स्थानमा भने राति मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्ल्लेख गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology