आजको मौसमको पुर्वानुमान

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते ८:१३
आजको मौसमको पुर्वानुमान
Rain 1593315979

आज देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, बाग्मती र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार शनिबार राति प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको हुन सक्ने छ ।

अहिले प्रदेश-१ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भई बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ ।

प्रदेश-१, बागमती, गण्डकी प्रदेश, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

मौसमविद्का अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ अवस्थित छ ।

प्रकाशित : २०७७ भदौ २० गते ८:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI