आगो ताप्दा साडीमा आगो सल्किएर महिला घाईते, घर र गोठमा आगलागी

NAWALPUR TIMES

आगो ताप्दा साडीमा आगो सल्किएर महिला घाईते, घर र गोठमा आगलागी
Fire aago

कावासोती : आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर मध्यविन्दुमा ७६ वर्षीय महिला घाईते भएकी छिन ।

मध्यविन्दु-५ पतवारीमा आफ्नै घरको भान्साकोठामा आगो तापी रहेको अवस्थामा मन कुमारी बोहराको साडिमा आगो सल्किन गएको र सोही आगो निभाउने क्रममा छानोमा आगो सल्किन गई उक्त भान्सा संगै सटिएर रहेको गोठमा समेत आगलागी भएको नवलपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट बोहोराको कम्मर देखि तलको भाग जलेको र उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याईएको प्रहरीले जनाएको छ ।

त्यसै गरि आगलागीका कारण गोठमा रहेको १ वटा बाख्राको पाठी,१ वाट पाठा घाईते भएका र करिब १ लाख बराबरको धनमाल क्षती भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology