आईसीसी एकदिवसिय वरियतामा सन्दिपको ऐतिहासिक फड्को

NAWALPUR TIMES

आईसीसी एकदिवसिय वरियतामा सन्दिपको ऐतिहासिक फड्को
sdgsgd

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बलिंग वरियताको शिर्ष सय स्थानमा प्रवेश गर्दै नयाँ इतिहास बनाएका छन्।

आईसीसीले सार्वजनिक गरेको ताजा वरियता अनुसार सन्दिप ९१ औं स्थानमा रहेका छन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शिर्ष १०० भित्र पर्न सकेका थिएनन्।

ओमान भ्रमणमा जानु अघि सन्दिप वरियताको १२८ औं स्थानमा रहेका थिए। भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्धको दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः पहिलो खेलमा ४ तथा दोश्रो खेलमा ६ विकेट लिएका उनले लिग-२ अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिका बिरुद्ध २ विकेट लिएका थिए। मात्र ३ खेलमा १२ विकेट लिएपछि नेपाली बलर १२८ औं स्थानबाट एकै चोटी ३७ स्थान माथि उक्लेका हुन्। ओमान बिरुद्ध पछिल्लो खेलमा भने उनले पेटको दुखाइका कारण बलिंग गर्न सकेका थिएनन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक विकेटकर्ता सन्दिपले १४ खेल खेल्ने क्रममा १३ इनिंग्समा बलिंग गर्दी ३५ विकेट लिईसकेका छन्।  सन्दिपले यदी ४ खेलमा १५ विकेट लिन सक्ने हो भने उनि विश्वकै सबैभन्दा छिटो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने बलर बन्नेछन्। यो रेकर्ड श्रीलंकाको अजन्था मेन्डिसको नाममा रहेको छ जसले १९ खेलमा ५० विकेट पुरा गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology