आईपीएल : दिल्लीको पहिलो खेल आज,यी हुन सन्दीपले आज मौका पाउन सक्ने कारणहरु

NAWALPUR TIMES

आईपीएल : दिल्लीको पहिलो खेल आज,यी हुन सन्दीपले आज मौका पाउन सक्ने कारणहरु
IMG 20200909 151333

एजेन्सी  । आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब बिरुद्ध पहिलो खेल खेल्दैछ।    श्रेयस ऐयर कप्तानीको दिल्ली टिममा यो पटक विदेशी खेलाडीहरु सन्दिपसंगै, शिमरन हेटमायर, मार्कस स्टोइनिस, किमो पौल, एलेक्स केरी, कागीसो रबाडा, ड्यानियल स्याम्स, एनरिक नोर्किया गरि ८ जना रहेका छन्। अन्तिम-११ मा मात्र ४ जना विदेशी खेलाडीहरु मात्र समाबेश गर्न पाउने नियम रहेको छ।

दिल्लीमा स्टार भारतीय स्पिनर रभीचन्द्रन आश्विन,अमित मिश्रा, अक्षर पटेलको उपस्थिति रहेको छ। युएईको पिच सुस्त र स्पिनरहरुलाई मद्दत गर्ने हुँदा यो पटक सन्दिपले धेरै खेलमा मौका पाउने सम्भावना रहेको छ। सिपिएल टि-२० मा राम्रो लयमा रहेको तथा भर्खरै प्रतियोगिता खेलेर आएकोले पनि सन्दिपले मौका पाउने सम्भावना प्रवल छ।

स्पिन मद्दत गर्ने पिचमा आश्विन अन्तिम-११ मा स्थायी रहनेछन्। लेग स्पिनरको रुपमा टिममा अमित मिश्रा र सन्दिप लामिछाने मात्रै रहेका छन्। गत सिजन दिल्लीले सन्दिप र मिश्रा दुवैलाई अन्तिम-११ मा मौका दिएको थियो। यो पटक पिचले पनि साथ दिने हुँदा अन्तिम-११ मा दिल्लीले आश्विन पछि थप २ जना स्पिनर लिएर खेल्ने सम्भावना प्रवल छ। यो अवस्थामा मिश्रा, सन्दिप र बायाँ हाते स्पिनर अक्षर पटेल मध्ये २ जनाले अन्तिम-११ मा मौका पाउने सम्भावना रहेको छ।

३८ वर्षीय मिश्राको फिटनेस तथा खेल अभ्यासको कमिका कारण सन्दिपको सम्भावना यो पटक बढी रहन्छ। मिश्राले घरेलु क्रिकेटमा पनि गत वर्ष सयद मुस्ताक अलि ट्रफीमा विकेट निकाल्न संघर्ष गरेका थिए। उनले हरियाणाको प्रतिनिधित्व गर्ने क्रममा १२ खेलमा मात्र ६ विकेट लिन सकेका थिए। यस्तै मिश्राको फिटनेस पनि उनलाई बाहिर राख्ने कारण हुनसक्छ।

विदेशी खेलाडीको रुपमा अन्तिम-११ मा अल-राउण्डर स्टोइनिस तथा फास्ट बलरद्वय रबाडाले मौका पाउने सम्भावना छ। गत सिजन बिग ब्यासमा सर्वाधिक विकेट लिएका राम्रा डेथ ओभर बलर ड्यानियल स्याम्स पनि अन्तिम-११ को दाबेदार हुन्। सन्दिपले मौका पाउन विदेशी तिब्र गति बलरले कम मौका पाउनु पर्छ र युएईको पिचको सुस्त स्वभावका कारण त्यसको सम्भावना पनि छ। युएईमा स्पिनरहरु हावी हुँदै आएका छन्।

सिपिएल टि-२० मा राम्रो लय, युएईको स्पिन मद्दत गर्ने पिच तथा अमित मिश्राको पछिल्लो फर्म र फिटनेसको कारण सन्दिपले यो पटक अन्तिम-११ मा बढी मौका पाउन सक्नेछन्।

चर्चित वेबसाइट EspnCricinfo ले खेल अघि तयार गरेको सम्भावित ११ खेलाडीको सूचीमा अमित मिश्रालाई समाबेश गरेको छैन। स्पिनरको रुपमा आश्विन, सन्दिप र अक्षर पटेललाई राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology