आईपीएल : चेन्नईलाई राजस्थानको चुनौती

NAWALPUR TIMES

आईपीएल : चेन्नईलाई राजस्थानको चुनौती
rajasthan royals vs chennai super kings rr vs csk 1600689119

आईपीएल टि-२० अन्तर्गत मंगलबार चौथो खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे युएईको, शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा हुनेछ।

स्टिभ स्मिथ कप्तानीको राजस्थान पनि सुरुवाती विजय सहित लय प्राप्त गर्न चाहन्छ। गत सिजन लिग अंकतालिकामा ११ अंक सहित सातौं स्थानमा रहेको रोयल्स त्यो प्रदर्शनलाई भुलाउन चाहन्छ जसको लागि पहिलो जितले ठूलो योगदान दिनेछ। २००८ मा लिगको पहिलो सिजन जितेपछि दोश्रो उपाधि जिताउन कप्तान स्मिथ हरसम्भव प्रयास गर्नेछन्। टिममा कप्तान स्मिथ बाहेक विदेशी खेलाडीहरुमा जोश बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, टम करन, डेभिड मिलर, एन्ड्रु टाई, ओशेन थोमस रहेका छन्। बटलर पहिलो खेलको लागि उपलब्ध छैनन्। बेन स्टोक्स पनि न्युजिल्यान्डमा पारिवारिक कारणले रहेका छन् जसले लिग खेल्ने नखेल्ने निश्चित गरेका छैनन्।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ५ विकेटले पराजित गरेको धोनी कप्तानीको चेन्नाई लगातार दोश्रो जित हात पार्दै लय कायम राख्न चाहन्छ। पहिलो जित हात पार्दा उसले मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको थियो। फाफ डु प्लेसिस, अम्बाती रायडु, स्याम करन, लुंगी एनगीडी दिपक चाहर, पियुष चावला, रभीन्द्र जडेजा जस्ता खेलाडीहरुले एक जुट भएर जितमा योगदान दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology