आईपीएल : कोलकाताविरुद्ध पञ्जाब ८ विकेटले विजयी

NAWALPUR TIMES

आईपीएल : कोलकाताविरुद्ध पञ्जाब ८ विकेटले विजयी
1603767822172

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १२औँ खेलमा किंस ११ पञ्जाबले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। सारजाह क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो।

टस जितेर पञ्जाबले कोलकातालाई ब्याटिङको निम्ता दिएको थियो। पहिलो ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रनको मध्यम स्कोर बनायो। १५० रनको लक्ष्य पछ्याएको पञ्जाबले १८.५ ओभरमै २ विकेट गुमाएर भेट्टायो।

पञ्जाबका लागि मन्दिप सिंहले ६६ रन बनाए। त्यस्तै क्रिस गेलले ५१ रन जोड्दा ओपनर तथा कप्तान केएल राहुलले २८ रन बनाए।

कोलकाताका लागि वरुण चक्रवर्ती र लकी फर्गुसनले १/१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको कोलकाताका ओपनर शुवमान गिलले ५७ रन जोडे। त्यस्तै इयन मोर्गानले ४० र लकी फर्गुसनले २४ रन बनाउन बाहेक कुनै पनि ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेन्।

पञ्जाबका लागि मोहम्मद शामीले ३ विकेट लिए। त्यस्तै क्रिस जोर्डन र रवि बिश्नोइले समान २/२ विकेट हात पारे। यसैगरी ग्लेन म्याक्सवेल र मुरुगन आश्विनको नाममा पनि १/१ विकेट रह्यो।

जितसँगै पञ्जाब चौँथो स्थानमा पुगेको छ। समान खेल खेलेर समान अंक बटुलेको कोलकाता नेट रनरेटमा पछि पर्दै पाँचौँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology