आईपीएलमा आज २ खेल, दिल्ली र कोलकाता तथा बैंगलोर र राजस्थान बीच प्रतिस्पर्धा
NAWALPUR TIMES प्रकाशित : २०७७ असोज १७ गते १३:५५
1601704546600
आईपीएल २०२० अन्तर्गत आज शनिवार पहिलो पटक एकै दिन २ खेल हुँदैछ। शारजाह क्रिकेट मैदानमा मुम्बई इन्डीएन्स र सनराइजर्स हैदरावाद बीच पहिलो खेल हुनेछ जुन दिउसो ३:४५ बजे देखि सुरु हुनेछ। दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा किंग्स-११ पन्जाब र चेन्नाई सुपर किंग्स बीच खेलिनेछ जुन ७:४५ बजे राति सुरु हुनेछ।
बैंगलोर VS राजस्थान
दुवै टिमले हालसम्म ३ खेल खेल्दा २ जित र १ हार बेहोरेका छन्। नेट रन रेटमा अघि रहँदै राजस्थान पाचौं तथा बैंगलोर छैठौं स्थानमा रहेको छ।
बैंगलोर : पछिल्लो खेलमा बैंगलोरले सुपर ओभरमा मुम्बई इन्डीएन्सलाई पराजित गरेको थियो। पोलार्ड र इशान किशनले उत्कृस्ट ब्याटिंग गर्दा राम्रो सुरुवातको बाबजुद बैंगलोरको हातबाट खेल लगभग फुस्किसकेको थियो।
टिमका ब्याट्सम्यानहरु देभदत्त पडीक्कल, ए बि डी भिल्लीयर्स, आरोन फिन्चहरु राम्रो लयमा छन् भने कप्तान बिराट कोहली भने लयमा आउन सकेका छैनन्। कोहलीले ३ खेलमा क्रमशः १४ , १ र ३ रन बनाएका थिए। बलिंगमा वासिंगटन सुन्दर, इशुरु उडाना तथा एडम जाम्पाको आगमनले सुधार देखिएता पनि अझै सुधारको अपेक्षा टिमले गरेको छ। युजभेन्द्र चहल र नवदीप सैनीको प्रदर्शन सन्तोषजनकनै छ।
राजस्थान : पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि तेश्रो खेलमा राजस्थान कोलकातासंग निराश बन्नुपरेको थियो। १७५ रनको लक्ष्य राजस्थान पछ्याउन असफल रहेको थियो।
सन्जु स्यामसन, स्टिभ स्मिथ,राहुल तेवतिया, टम करन, जोफ्रा आर्चर जस्ता म्याच विनरहरु टिममा हुनुले बलियो देखिएको छ। तर कोलकाता बिरुद्ध टिमको माथिल्लो क्रम फ्लप हुँदा भने टिम चिन्तित छ। तर कोलकाता बिरुद्ध जोफ्रा आर्चर लगायत बलरहरुको प्रदर्शनले भने टिममा सकारात्मकता कायमै छ। टिमको प्रमुख चिन्ता रोबिन उथप्पाको फर्म हो जो लगातार ३ खेलमा फ्लप छन्। उनको स्थान यसस्वी जैसवालले लिन सक्नेछन्।
दुवै टिमले समान ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेका छन्। नेट रन रेटमा अघि रहँदै दिल्ली दोश्रो र कोलकाता तेश्रो स्थानमा छ। आज जित्ने टिम अंकतालिकाको शिर्ष स्थानमा पुग्न सक्नेछ।
दिल्ली : पन्जाब बिरुद्ध सुपर ओभरमा जित तथा त्यसपछि चेन्नाई बिरुद्ध ४४ रनको शानदार जितपछि तेश्रो खेलमा दिल्ली हैदरावादसंग १५ रनले पराजित हुन पुग्यो। यस क्रममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याउन दिल्ली चुक्न पुग्यो।
सन्तुलित देखिएको दिल्ली टिममा ३ खेलको प्रदर्शन हेर्ने हो भने अधिकांश खेलाडीहरुले योगदान दिईरहेका छ। ब्याटिंगमा पृथ्वी श, शिखर धवन, रिशभ पन्त, श्रेयस ऐयर, शिमरन हेटमायरको उपस्थितिले बलियो टिमलाई बलिंगमा कागीसो रबाडा, एनरिक नोर्किया, अक्षर पटेल, अमित मिश्राको उपस्थितिले सन्तुलित बनाएको छ। मार्कस स्टोइनिस जस्ता अलराउण्डरको उपस्थितिले टिममा बिकल्प छ। तर श्रेयस ऐयर, हेटमायर र धवन जस्ता ब्याट्सम्यानबाट टिमले अझ धेरै आशा गरेको छ जसले ठूलो योगफल बनाउन सकीरहेका छैनन्। लगातार २ खेल घाइते भएपछि गुमाएका रभीचन्द्रन आश्विन कोलकाता बिरुद्ध खेल्ने सम्भावना रहेको छ। आश्विन खेलेको खण्डमा लेग स्पिनर मिश्रा बाहिर बस्नेछन्। नेपाली स्पिनर सन्दिप लामिछाने खेल्ने सम्भावना भने देखिदैन।
दिल्लीको सम्भावित ११ :शिखर धवन, पृथ्वी श, रिशभ पन्त ( विकेटकिपर ), शिमरन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल (कप्तान ) , रभीचन्द्रन आश्विन/अमित मिश्रा, कागीसो रबाडा, एनरिक नोर्किया, इशान्त शर्मा
कोलकाता : मुम्बईसंग ४९ रनले पराजित भएपछि कोलकाताले लिगमा उत्कृस्ट पुनरागमन गर्दै हैदरावादलाई ७ विकेटले तथा राजस्थानलाई ३७ रनले पराजित गरेको थियो।
युवा खेलाडीहरु शुबमन गिल, नितिश राना कमलेश नगरकोटी, शिभम माभीको प्रदर्शन राम्रो हुँदा कोलकाता टिममा आत्मविश्वास भरिपूर्ण छ। त्यसमाथि अनुभवी खेलाडीहरु कप्तान दिनेश कार्तिक, ओएन मोर्गन, प्याट कमिन्स, सुनिल नारायण, आन्द्रे रसेल, कुलदिप यादव, वरुण चक्रवर्तीको उपस्थितिले टिममा युवा र अनुभवको सन्तुलन छ।
ओपनिंग ब्याटिंग गरिरहेका सुनिल नारायणको लय टिमको चिन्ता बनेको छ भने कुलदिप यादबले पनि खास लय देखाउन सकेका छैनन्। कप्तान दिनेश कार्तिक, आन्द्रे रसेल पनि रन बनाउन सकीरहेका छैनन्। ओएन मोर्गन र शुबमन गिल बाहेक अन्य ब्याट्सम्यानहरु नचल्ने हो भने टिम लडखडाउन सक्छ। बलिंगमा प्याट कमिन्सले आफ्नो स्तर देखाइरहेका छन्। सुनिल नारायण, कुलदिप यादबबाट टिमले उत्कृस्ट प्रदर्शनको आशा गरेको छ।
Facebook Comment