आईपिएल उपाधीको लागि मुम्बई र दिल्ली खेल्दै

NAWALPUR TIMES

आईपिएल उपाधीको लागि मुम्बई र दिल्ली खेल्दै
1605005376282

आईपीएल २०२० को उपाधिको लागि डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आज राति ७:४५ बजे प्रतिस्पर्धा गर्दैछन्।

मुम्बई इन्डीएन्सले सन् २०१३ देखि प्रत्येक बिजोर अंकको वर्षमा आईपीएल उपाधि जितेको छ। तर त्यो बीचको सिजनमा मुम्बई फाइनल पुग्न असफल हुँदै आएको थियो। १० वर्ष अघि मात्र मुम्बई जोर वर्ष अर्थात् २०१० मा लिगको फाइनल पुगेको थियो जसपछि पुनः अर्कोपटक टिम उपाधि नजिक पुगेको छ। २०१० मा मुम्बई अंकतालिकामा शिर्ष स्थानमा रहँदै फाइनल यात्रा गरेको थियो जसलाई चेन्नाईले पराजित गर्दै उपाधि जित्न बन्चित गरेको थियो।

इतिहास हेर्दा जोर अंकको वर्ष मुम्बईलाई फाप्दैन तर त्यो बाहेक हरेक दृष्टिकोणले मुम्बई आईपीएल २०२० को उपाधि जित्न लायक टिम हो। डिफेन्डिङ च्याम्पियन मुम्बईले यो पटक उपाधि जिते आईपीएल इतिहासमै लगातार २ सिजन उपाधि जित्ने चेन्नाई ( २०१० र २०११ ) पछि दोश्रो टिम हुनेछ। यो सिजन उपाधि जित्नको लागि पनि मुम्बई कुनै पनि हिसाबले कमजोर देखिएको छैन।

अर्कोतर्फ दिल्लीले पछिल्लो ७ मध्ये ५ खेलमा हार बेहोरेता पनि टिम त्यति कमजोर भने छैन। यो सिजन सन्तुलित टिम मध्येको दिल्ली हरेक तरिकाले फाइनल खेल्न सक्षम टिमको रुपमा आफुलाई प्रमाणित गरेको थियो। तर मुम्बईसंगको रेकर्ड भने दिल्ली डराउनुको कारण हो जसले पहिलो क्वालीफायरमा मात्र हैन त्यस अघि दुवै लिग खेलमा समेत दिल्लीलाई पराजित गरेको थियो।

लिगको सुरुवातमा दिल्ली र मुम्बई टिममा खास भिन्नता देखिएको थिएन। दुवै टिमका खेलाडीहरुले उत्कृस्ट खेल पस्केका थिए। तर लिग चरणको अन्तिम खेलहरुमा लयमा रहेका खेलाडीहरुको प्रदर्शन खस्किदा दिल्लीमा मुम्बई भन्दा बढी असुरक्षा भाव हुनेछ। टिमको ब्याटिंग बढी चिन्ताको कारण बन्नपुगेको छ।

एकतर्फ ४ पटक उपाधि जिताएका कप्तान रोहित शर्मा तथा ५ पटक उपाधि जित्ने टिमको हिस्सा रहेका रोहित शर्मा तथा अर्कोतर्फ रोहित शर्मा ४ पटक, हार्दिक पान्ड्या ३ पटक, जस्प्रित बुम्राह, क्रुनाल पान्ड्या र सुर्यकुमार यादव समान २ पटक उपाधिको हिस्सेदार भैसकेका छन्। तर दिल्ली भने अनुभवको हिसाबले पछाडी छ। कप्तान श्रेयस ऐयर तथा दिल्लीको यो पहिलो फाइनल अनुभव हो। रभीचन्द्रन आश्विन, शिखर धवन, अजिंके रहाने जस्ता खेलाडीहरुको अनुभव दिल्लीलाई पक्कै काम आउनेछ।

बिगत जे जस्तो भएता पनि मुम्बई र दिल्लीको लागि आईपीएल २०२० को फाइनल नयाँ चुनौती हो जसलाई दुवै टिम उत्कृस्ट क्रिकेट खेल्दै जित्न चाहनेछन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology