आईपिएलम : एक भारतीय क्रिकेटर सहित चेन्नई टिमका १० सदस्यमा देखियो कोरोना
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ १२ गते २०:२७
IMG 20200828 202642
आईपीएल टिम चेन्नई सुपर किंग्सको खेलाडी सहित कुल १० जना सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
भारतको प्रतिनिधित्व गरिसकेका एक जना तिब्र गति बलरको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको बताईएको छ। खेलाडीसंगै प्रशिक्षक स्टाफलाई कोरोना देखिएको बताईएको छ। टिमको सोसल मिडिया टिमको सदस्य, टिमको सिनियर पदाधिकारी र उनको श्रीमतीको कोरोना पोजेटिभ देखिएको बताईएको छ।
“हो, भर्खरै भारतीय टिमको प्रतिनिधित्व गरेका दायाँ हाते फास्ट बलर लगायत केहि अन्य टिमका स्टाफहरुको कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ।” भारतीय न्युज एजेन्सी पीटिआईलाई आईपीएलको विश्वसनीय श्रोतले बताएको छ।
चेन्नाई सुपर किंग्स टिम अगस्ट २१ तारिकमा युएई पुगेको थियो जसपछि अनिवार्य ६ दिन क्वारेन्टाइनमा बसेको थियो। शुक्रबार देखि चेन्नाई अभ्यास सुरु गर्ने योजनामा थियो। तर अब वर्तमान परिस्थितिका कारण चेन्नाईले थप केहि दिन क्वारेन्टाइनमा बिताउनु पर्नेछ। सेप्टेम्बर १ सम्म चेन्नाई टिम क्वारेन्टाइनमा बस्नुपर्नेछ। युएईमा अभ्यास सुरु गर्ने चेन्न्नाई अन्तिम टिम हुनेछ।
आईपीएलमा सहभागी हुन युएई पुगेका केहि टिमले अभ्यास सुरु गरिसकेका छन् भने अन्य टिमहरुले पनि छिट्टै अभ्यास सुरु गर्दैछ। सन्दिप लामिछाने आवद्ध रहेको टिम दिल्ली क्यापिटल्सले शनिवारबाट अभ्यास सुरु गर्दैछ।
आईपीएलले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडी बाहेक आवद्ध अन्य सबै सदस्यहरुको पनि कोरोना टेस्ट गरेको थियो। क्वारेन्टाइनमा बसेको पहिलो, तेश्रो र पाँचौ दिनमा टिम होटलमा सबैको जांच गरिएको थियो। सबै तिन वटा रिपोर्ट नेगेटिभ आएपछि मात्र खेलाडीहरु अभ्यास गर्न पाउने नियम रहेको छ।
धोनी कप्तानीको चेन्नाईले युएई जानु अघि ५ दिन चेन्नाईमा अभ्यास गरेको थियो। महेन्द्र सिंह धोनी, सुरेश रैना, दिपक चाहर, अम्बाती रायडु, पियुष चावला र शार्दुल ठाकुर जस्ता भारतीय खेलाडीहरु उक्त अभ्यासमा सहभागी रहेका थिए। बलिंग प्रशिक्षक लक्ष्मिपति बालाजी पनि अभ्यासमा सामेल थिए।
युएई प्रस्थान गर्नु अघि चेन्नाईलाई भारतमा अभ्यास क्याम्प आयोजना गर्न कप्तान धोनीले विशेष आग्रह गरेका थिए। धोनीले युएई जानु अघि टिम एक जुट हुनु जरुरि रहेको बताएपछि टिमले अभ्यासको प्रवन्ध गरेको थियो।
Facebook Comment