आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

NAWALPUR TIMES

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ
IMG 20200824 233437

सङ्खुवासभा- सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन्। कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ परेका हुन्। आइसोलेसन तोडफोड गरेका आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हिर बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए। क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आइसोलेसन सेण्टर तोडफोड गरेका आरोपमा यसअघि हिमाल किरण क्याम्पसका प्रमुख डा मातृका तिम्सिनालाई पक्राउ गरिएको थियो। प्रमुख डा तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहे पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology