अस्पतालमा अक्सिजन र बेडको अभाव भएका बेला, सीएनएनसँग प्रम ओलीले भने ‘स्थिती नियन्त्रणमा छ’

NAWALPUR TIMES

अस्पतालमा अक्सिजन र बेडको अभाव भएका बेला, सीएनएनसँग प्रम ओलीले भने ‘स्थिती नियन्त्रणमा छ’
1620473685037

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड१९ को महामारी नियन्त्रणमा रहेको दाबी गरेका छन् । शनिवार बिहान अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्ता बोल्दै प्रधानमन्त्री ओलीले अहिले कोभिड१९ को अवस्था नियन्त्रणमा रहेको दाबी गरेका हुन् ।

यसबाहेक प्रधानमन्त्री ओलीले गत वर्ष महामारी नियन्त्रणमा लिएको तर, सरवसाधारण जनताहरूको लापरबाही कारण अहिले कोरोना फैलिएको समेत अन्तर्वार्ता क्रममा भनेका छन् । कोरोना अहिले अत्यधिक बढ्नुको कारण के हो भन्ने सीएनएनको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका छन्, पिपुल्स निग्लेजेन्सी अर्थात् मानिसहरूको लापरबाही ।

यसरी सर्वसाधरणहरुलाई नै आरोपित बनाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मिडियामा दिएको अभिव्यक्तिको  अहिले चौतर्फी आलोचना भइरहेको छ।

उनले ‘कोभिड१९ सिचुएसन इन नेपाल अन्डर कन्ट्रोल नाव’ भनेको भिडियो क्लिप ट्विटरमा आलोचनासहित चर्चामा रहेको छ । नेपालमा केही दिनयता दैनिक ५० भन्दा बढीले ज्यान गुमाइरहेका छन् ।

यस्तै हिजो मात्रै ९ हजार भन्दा बढी संक्रमित थपिएका थिए । महामारी चलेताकै उच्च मृत्युदर, संक्रमण दर र अक्सिजन एवं आइसियु र भेन्टिलेटर को अभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले कोभिड१९ को नियन्त्रणमा रहेको भन्ने प्रसङ्गको चर्को आलोचना भइरहेको छ ।

यसबाहेक अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका अपिल समेत गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology