अस्पतालबाट पेलेको सन्देश: मजबुत छु, विश्वकप हेरिरहेको छु

NAWALPUR TIMES

अस्पतालबाट पेलेको सन्देश: मजबुत छु, विश्वकप हेरिरहेको छु
pele1669874737

कावासोती । ब्राजिलका महान फुटवलर पेलेले अस्पतालबाट आफ्ना समर्थकलाई एक सन्देश जारी गरेर आफू ठिक रहेको जानकारी दिएका छन्।

आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरिएको एक सन्देशमा पेलेले लेखेका छन्  ‘म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु।’

पेलेले आफ्ना लागि सर्मथकहरुले दिएको सन्देश र वर्ल्डकपमा ब्राजिलको खेलले आफूललाई उर्जा दिइरहेको बताएका छन्। ‘म आसाले भरिएको छु। मजबुत छु  र सधैं जसरी आफ्नो उपाचार गरिरहेको छु,’ उनले लेखेका छन्,  ‘मलाई राम्रो केयर र उपचारमा खटिने पूरै मेडिकल टिम र नर्सिङ टिमको धन्यवाद भन्न चाहान्छु।’

८२ वर्षे पेले साओ पाउलोको इस्राइलीटा अल्बर्ट अइस्टीन अस्पतालमा भर्ना भएका छन्। उनलाई मंगलबारदेखि श्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। शुक्रबार अस्पतालले उनको स्वास्थ्य रिर्पोट सार्वजनिक गर्दै अवस्था स्थिर रहेको भनेको थियो।

‘मलाई भगवानमा विश्वास छ र विश्वभरबाट मिलिरहेको माया भरिएको सन्देशले उर्जा भरिरहेको छ,’ उनले लेखेका छन्,  ‘म विश्वकपमा ब्राजिलको खेल हेरिरहेको छु। यी सबै चिजका लागि धन्यवाद।’

शनिबार सार्वजनिक भएका उनको रिर्पोटमा उनको अवस्था नाजुक रहेको र उनको शरीरमा किमोथेरापीको कुनै असर नपरेको भनिएको थियो। पछि अस्पतालले एक बयान जारी गर्दै पेले ठिक रहेको र उनको शरीरले उपचारको प्रतिक्रिया दिइरहेको बताएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology