असोज १९ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्‍ने

NAWALPUR TIMES

असोज १९ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्‍ने
congress party 3

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असोज १९ गते दिउँसो २ बजे बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुनेछ।

सोमबार विज्ञप्ति जारी गर्दै उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका हुने बताएका छन्। पौडेलले कोभिड–१९ को महामारीका कारण बैठक अगाडि बैठकमा सहभागी हुने पार्टीका केन्द्रीय सबै र केन्द्रीय कार्यालयका कर्मचारीको पीसिआर परीक्षण गराउने भएको छ। उनका अनुसार असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर अनिवार्य पीसीआर टेस्टका लागि स्वाब दिनुपर्ने खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology