अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतलाई

NAWALPUR TIMES

अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतलाई
india 1611044162

भारतले अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियालाई तीन विकेटले पराजित गर्दै भारतले २-१ ले सिरिजको उपाधि आफ्नो पक्षमा पारेको हो।

चौथो तथा अन्तिम खेलमा जितका लागि पाएको ३ सय २८ रनको लक्ष्य भारतले सात विकेट गुमाउँदै पूरा गर्यो। भारतका लागि अन्तिम पारीमा शुभमन गिलले ९१ तथा रिषभ पन्तले अविजित ८९ रन बनाए। यस्तै चेतेश्वर पुजाराले ५६ रन बनाए।

यसअघि सिरिजको पहिलो खेल अष्ट्रेलियाले ८ विकेटले जित्दा दोस्रो टेस्टमा भारत आठ विकेटले विजयी भएको थियो। तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो।

प्लेयर अफ दि सिरिजको उपाधि अष्ट्रेलियाका प्याट कमिन्सले पाए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology