अवैध रुपमा ल्याईदैँ गरेको २३ बोरा युरिया मल बरामद

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २२ गते १०:१२
अवैध रुपमा ल्याईदैँ गरेको २३ बोरा युरिया मल बरामद
images

कावासोती । दुम्किबास प्रहरीले अवैध रुपमा ल्याउदै गरेको २३ बोरा युरिया मल बरामद गरेको छ ।

पुर्व पश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ को ज्यामिरेमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ६ ख ६७४७ नं को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्किमा राखेर ल्याउदै गरेको बिना बिल भरपाईको २३ बोरा युरिया मल प्रहरीले फेला पारेको हो ।

प्रहरीले बरामद गरेको युरिया मलको अंकित बजार मुल्य ४६ हजार ५ सय ७५ रहेको र मल दुम्किबास प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर २२ गते १०:१२

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI