अविरल वर्षा पछि आएको बाढीले बगाउँदा पश्चिम नवलपरासीमा २ जनाको ज्यान गयो

NAWALPUR TIMES

अविरल वर्षा पछि आएको बाढीले बगाउँदा पश्चिम नवलपरासीमा २ जनाको ज्यान गयो
FB IMG 1630065718994

परासी । अविरल वर्षा पछि आएको बाढीले बगाउदा पश्चिम नवलपरासीमा २ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छ्न ।

बाढीले बगाउँदा रामग्राम नगरपालिका–१८ का
३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

उपरीक्षक लामाका अनुसार बाढीले बगाउँदा सुनवल नगरपालिका–४ की १३ वर्षीय एलिसा तामाङ बेपत्ता भएकी छन् ।

लगातार आएको वर्षाको कारण उद्धारमा कठिनाई भएको प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल, बर्दघाट र गैंडाकोटमा डाइभर्सन बगाउँदा यातायात बन्द रहेको छ ।

लगातार आएको वर्षाको कारण उद्धारमा कठिनाई भएको प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल, बर्दघाट र गैंडाकोटमा डाइभर्सन बगाउँदा यातायात बन्द रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology