अरुणखोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES

अरुणखोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु
IMG 20230613 WA0001

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं १० मा रहेको अरुणखोलामा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ ।

अरुणखोलाको पुल तल पानी जमेर बनेको दहमा पौडी खेल्न गएका मध्यविन्दु-१० टाडीका १३ वर्षीय बालक महेश खानगा साथीहरु सँग पौडी खेल्ने  क्रममा डुबे पछि प्रहरी र स्थानियले अचेत अवस्थामा उद्धार गरेका थिए ।

पानीको दहबाट अचेत अवस्थामा उद्धाए गरि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याईएको बालकलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन श्रेष्ठले बताए  ।

पछिल्लो समय गर्मि बढे सँगै पौडी खेल्ने क्रममा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या बढेको छ । गत शनिबार कालीगण्डकी नदिमा पौडी खेल्न जादा दुईजनाले डुबेर ज्यान गुमाएका थिए भए सोमबार अरुणखोलाकै मुखे ढुङ्गा रहमा पौडी खेल्न गएका शिक्षकको डुबेर ज्यान गएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology