अमेरिकी सेनाको जहाजबाट खसेर अफगानी फुटबलरको मृत्यु

NAWALPUR TIMES

अमेरिकी सेनाको जहाजबाट खसेर अफगानी फुटबलरको मृत्यु
1629433648117

एजेन्सी । अफगानिस्तामा तालिबानले कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सेनाको जहाजबाट खसेर मृत्यु हुने एक जना फुटबलर भएको खुलेको छ ।

काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको छ ।

बीबीसीका अनुसार एकजना अफगानिस्तानको नेसनल युथ टिमका फुटबलर १९ वर्षीय जकी अनवरी रहेका छन् । उनको बारेमा थप विवरण भने खुलाइएको छैन । त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ ।

अमेरिकी सेनाको उक्त जहाजमा ६४० जना अफगानी शरणार्थी रहेको थियो । उक्त जहाज कतारमा अवतरण भएको थियो । भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology